युनाईटेड र भियारियाल फाईनलमा
एजेन्सी – इंग्लीश फुटबल क्लब म्यान्चेस्टर युनाईटेड र स्पेनको भियारियाल युरोपा लिग फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् ।गएराति भएको सेमिफाईनल दोस्रो लेगको खेलमा इटालीको ए.एस. रोमासँग ३–२ ले हारेपनि पहिलो लेगमा हात पारेको ६–२ को जितको मद्दतले म्यान्चेस्टर युनाईटेड फाईनलमा पुगेको हो ।
इटालीमा भएको पहिलो लेगको खेलमा म्यानयू ६–२ ले विजयी भएको थियो । गएरातिको खेलसँगै रोमामाथि समग्रमा ८–५ को जित निकाल्दै म्यानयुले स्पेनिस क्लब भियारियाल विरुद्धको फाईनल भिडन्त तय ग¥यो ।
प्रतियोगिताको अर्को सेमिफाईनल खेलमा इंग्ल्याण्डकै आर्सनललाई स्तब्ध बनाउँदै भियारियाल फाईनलमा पुगेको हो ।पहिलो लेगको खेलमा २–१ ले पराजित भएको आर्सनल गएराति भएको दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपछि भियारियाल फाईनलमा पुगेको हो । म्यान्चेस्टर युनाईटेड र भियारियालबिचको फाईनल खेल यही मे २६ तारिखको दिन पोल्याण्डमा हुनेछ ।