कोरोना संक्रमणबाट संसद सचिवालयका उपसचिवको निधन
काठमाडौं – संघीय संसद सचिवालयका एक उपसचिवको कोरोना संक्रमणका कारण निधन भएको छ ।तनहुँको म्याग्दे गाउँपालिका(१ घर भई संसद सचिवालयमा काजमा कार्यरत उपसचिवको शुक्रबार विहान निधन भएको हो । सांसदहरुको स्वाब संकलन गरेकै दिन बैशाख २२ मा उहाँको स्वाब संकलन गरिएको थियो।
स्वास्थ्यमा समस्या आएपछि विहान शहीद मेमोरियल अस्पताल कलंकीमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको केही समयअघि पित्तथैलीको पत्थरीको अप्रेशन गरिएको थियो ।