Connect with us
Kapilvast Forest

किन हटाइयो निर्मला हत्या स्थलबाट उखुबारी ?

२०७६, १८ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं । वारि उल्टाखाम जाने कालोपत्रे सडक। सडककै किनारमा पानी बगिरहने दुई फिट गहिरो नाला। नालाको दुवै किनारमा बाक्ला जामुनका बोट। पारिपट्टि गुज्जमुज्ज उखुबारी। उखुबारीको करिब एक किलोमिटर वरपर सुनसान खेतबारी। हो, त्यही उखुबारीमा अघिल्लो साउन ११ गते बिहान उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको शव भेटिएको थियो। निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा उखुबारीको घारीभित्र शव भेटिएपछि त्रासले गर्दा महिला तथा छात्राहरू त्यो सडक भएर हिँड्न छाडिसकेका थिए।

उखुबारी छेउ भएर उल्टाखाम आउजाउ गर्न सक्ने अवस्था नै नभएपछि स्थानीयको दबाबमा उखुबारी नष्ट गरेर धान खेती गर्न थालिएको छ। ‘निर्मलाको बलात्कार र हत्यापछि उखुबारीको बाटो भएर महिलाहरू हिँडडुल गर्नै नसकिने अवस्था भयो,’ स्थानीय मञ्जु भट्टले भनिन्, ‘बजार आउजाउ गर्न अर्को लामो बाटोको प्रयोग गर्नुपर्ने भयो। ’ छात्राहरू पनि विद्यालय र कलेज जाँदा समूह बनाएर वा वैकल्पिक लामो बाटो भएर जाने गरेका थिए।

रातविरात त्यो बाटो हिँड्दा महिला मात्र नभई जो कोहीलाई पनि डर लाग्ने अवस्था बनेको स्थानीय श्याम भट्ट बताउँछन्। निर्मलाको हत्यापछि शव भेटिएको स्थान वरपरको वातावरण त्रासमय भएपछि उखुबारी हटाइएको स्थानीय बताउँछन्। ‘उखुबारी हुँदा यो बाटोमा हिँड्नै डर लाग्थ्यो,’ सरस्वती माध्यमिक विद्यालय उल्टाखाममा अध्ययनरत निर्मलाकी साथी लक्ष्मी बडूले भनिन्,‘उखुबारी हटाइएपछि निर्धक्क हिँडडुल गर्न सकिने भएको छ। ’

निर्मलाकी आमा दुर्गादेवी पन्तले उखुबारी हटाइएपछि यो बाटो हिँड्नेको संख्या बढेको बताइन्। ‘निर्मलाको हत्यापछि यो बाटो भएर हिँड्ने मान्छे नै हुँदैन थे,’ दुर्गादेवीले भनिन्, ‘अहिले भने उल्टाखाम भएरै बजार आउजाउ गर्नेको संख्या बढेको छ।’ नागरिक दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu