Connect with us
Kapilvast Forest

राष्ट्रियसभा उपनिर्वाचनस् नेपाल पक्षले सहयोग नगरे गृहमन्त्री थापा हार्ने

२०७८, २५ बैशाख शनिबारमा प्रकाशित

हेटौंडा- बागमती प्रदेशबाट राष्ट्रियसभामा रिक्त सदस्य पदको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ। नेमकिपाबाट कृष्णबहादुर तामाङ, एमालेबाट रामबहादुर थापा मगर र स्वतन्त्रबाट खिमलाल देवकोटाले शुक्रबार मनोनयनपत्र दर्ता गराउनु भएको छ ।

तीन उम्मेदवारमध्ये गृहमन्त्री थापा र देवकोटाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। एमालेकै माधवकुमार नेपाल पक्षको समर्थन पाएका देवकोटालाई कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा०को साथ छ। नेपाल पक्षले साथ नदिए थापा राष्ट्रियसभामा पुनर्निर्वाचित हुन गाह्रो हुनेछ।

गृहमन्त्री थापाले हेटौैंडा–५ स्थित बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा शुक्रबार मध्याह्न १२स्३० बजे उम्मेदवारी दर्ता गराउनु भएको छ। थापाका प्रस्तावक बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थक सामाजिक विकासमन्त्री सरस्वती बस्नेत रहनु भएको छ । एमाले नेतारकार्यकर्ता तथा प्रदेश मन्त्रिमण्डलको टोलीसहित उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका थापाले आफ्नो जित निश्चित रहेको दाबी गर्नु भयो । ‘नेकपा एमालेको सबै मत मलाई आउनेमा म विश्वस्त छु, निर्वाचन जित्छु’, उहाँले भन्नु भयो । उहहाँ हेलिकप्टर चढेर हेटौंडा पुग्नु भएको थियो ।

देवकोटाले शुक्रबार बिहान ११स्१५ मा उम्मेवारी दिनु भएको थियो । देवकोटाका प्रस्तावकमा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घले हुनुन्छ देवकोटाले आफू सहजै जित्ने दाबी गर्नु भयो । भने, ‘स्थानीय तह र प्रदेशमा बसेर काम गरेको अनुभवले अब राष्ट्रियसभामा बसेर काम गर्छु।’
थापाले चुनाव चिन्ह सूर्य र देवकोटाले कमल माग गर्नु भएको छ । नेमकिपाबाट तामाङले मध्याह्न १२ बजेर १५ मिनेटमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

यस्तो छ मत आँकलन
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य एक जनाको मतबराबर ४८ मत र स्थानीय तहका प्रमुख र उपप्रमुखको एक मतबराबर १८ मत गणना हुने बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ। प्रदेशभित्र १ सय १० प्रदेशसभा सदस्यको ५ हजार २ सय ८० र १ सय १९ स्थानीय तहका २ सय ३८ अध्यक्ष र उपाध्यक्षका ४ हजार २ सय ८४ मत रहेको निर्वाचन कार्यालयले जनाएको छ।

जम्मा ९ हजार ५ सय ६४ मत रहेकोमा एमालेको मात्र मतसंख्या ९ हजार ५ सय ५६ छ। तीमध्ये प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ३४ प्रदेशसभा सदस्यको १ हजार ६ सय ३२ मत छ। नेपाल पक्षका २३ प्रदेशसभा सदस्यको १ हजार १ सय ४ मत छ। माओवादी केन्द्रको २३ प्रदेशसभा सदस्यको १ हजार १ सय ४, कांग्रेसका २२ प्रदेशसभा सदस्यको १ हजार ५६ मत छ। नेमकिपाका दुईसहित अन्य आठ प्रदेशसभा सदस्य छन्।

स्थानीय तहतर्फ एमालेका १ सय ३३ अध्यक्षरउपाध्यक्ष रहेको ओली पक्षको दाबी छ। उनीहरू सबैले एमालेमै मतदान गरे २ हजार ३ सय ९४ मत थापालाई थप हुनेछ। स्थानीय तहका अध्यक्ष र उपाध्यक्षमध्ये ४० प्रतिशत आफ्नो पक्षका रहेको नेपाल खेमाको दाबी छ। नेपाल पक्षले घोषणा नगरे पनि आफैंले खडा गरेको देवकोटालाई मत हाल्ने तयारी छ। ‘हाम्रो सल्लाह भइरहेको छ, सामूहिक निर्णय हुन्छ। नेताहरूसँगको सल्लाहमा छौं’, बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले भन्नु भयो । अन्नपूर्ण

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu