Connect with us
Kapilvast Forest

हेल्थ असिसेन्टमाथि हातपात गर्नेलाई कारबाहीको माग

२०७८, २५ बैशाख शनिबारमा प्रकाशित

नेपालगन्ज — भेरी अस्पताल नेपालगन्जले इमरजेन्सी विभागमा कार्यरत हेल्थ असिसेन्टमाथि भएको हातपातको घटनाप्रति खेद व्यक्त गरेका छ ।अस्पताल विकास समितका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट(मेसु) डाक्टर प्रकाश थापाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग समेत गरेका हुन् ।

‘कोरोना महामारीमा संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि पटक–पटक अभद्र व्यवहार गर्दै चिकित्सकको लापरबाहीबाट संक्रमितको मृत्यु हुने गरेको आरोप लगाउँदै अस्पतालमा कार्यरत कर्मचारीमाथि दुव्र्यवहार हुने गरेकोले सुरक्षा व्यवस्था मिलाउन माग गरिएको छ ।’

अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार बिहान अन्दाजी ८स्३० बजेतिर ३–४ जनाको समूहमा आएका अराजक व्यक्तिहरुबाट कोभिड वार्डमा मृत्यु भएका बिरामी हेर्न नआएको भन्दै अस्पतालको इमरेजेन्सीमा कार्यरत हेल्थ असिस्टेन्ट पुपेन्द्र शाहीमाथि उनीहरुले हातपात गरेको घटनाप्रति खेद व्यक्त गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गर्दछौं ।’

कोभिड–१९ उपचारार्थ खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको मनोबल बढाउनुको साटो मनोबल गिराउने कार्य भएकोले यसतर्फ सम्बन्धित निकायले समयमै सजगता अपनाई सुरक्षाको प्रबन्ध मिलाउनसमेत अस्पतालले माग गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu