Connect with us
Kapilvast Forest

संवैधानिक परिषद्को बैठक स्थगित गर्न माओवादी केन्द्रको माग

२०७८, २५ बैशाख शनिबारमा प्रकाशित

 

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठकमा नजान सदस्यहरुलाई आग्रह गर्नु भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि परिषद्को बैठक बेलाउनु भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा नजाने बताउनु भएको छ भने प्रमुख विपक्षी दलका नेता शेबरहादुर देउवाले परिषद्को बैठकमा नजान अरु सदस्यहरुलाई अपील गर्नु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षका नेता तथा सभामुखले भाग नलिने निर्णय गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारलाई आग्रह गर्नु भएको छ ।

संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको भन्दै उहाँले भन्नु भएको छ , ‘संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu