Connect with us
Kapilvast Forest

अपडेटः पहिरोमा पुरिएकाको खोजी तीब्र

२०७६, २० श्रावण सोमबारमा प्रकाशित

पहिरोमा पुरिएकाको खोजी गर्दै प्रहरी र बासिन्दा

बाग्लुङ । तमानखोला गाउँपालिकाको वडानम्बर ४ स्थित लाम्मेला सन्तरमा पहिरोमा पुरिएकाहरुको खोजी तीब्र पारिएको छ । पहिरोले ४५ वर्षीया पञ्चमा श्रीपाली, उनकी सासु ६० वर्षीया असारी श्रीपाली र १३ वर्षका प्रवीण श्रीपालीको मृत्यु भएको हो ।

पञ्चमाको शव भेटिएको छ । असारी र प्रवीण भने बेपत्ता छन् । इलाका प्रहरी कार्यालय बोगांदोभानबाट खटिएको टोली र स्थानीय बासिन्दा उनीहरुको खोजीकार्यमा जुटिरहेका छन् । पहिरोमा ७ जना घाइते भएका छन् ।

पहिरोमा बेपत्ता प्रवीण स्थानीय सरस्वती आधारभुत विधालय लाम्मेलामा कक्षा ४ मा अध्ययरत थिए । पहिरोले ६ घर पुरेको वडाअध्यक्ष उदिमबहादुर छन्त्यालले जानकारी दिनुभयो । वडाअध्यक्ष छन्त्यालका अन्सार अन्य केहीघरमा समेत सामान्य क्षति पुगेको छ ।

पहिरो खसेको ठाउँमा ढुंगा तथा माटो बग्ने क्रम रोकिएको छैन । त्यसबाट पहिरो छेउका बासिन्दा पीडित भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu