Connect with us
Kapilvast Forest

महन्थ–राजेन्द्र तटस्थ बस्ने , प्रधानमन्त्रीले विश्वासको मत नदिने पक्का

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं । जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने जानकारी गराउनुभएको छ ।आइतबार बिहान ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुरले विश्वासको मत नदिने बरू तटस्थ बस्ने जानकारी गराउनुभएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जानुभएको थियो ।जसपाका अर्का अध्यक्ष डा। बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले यसअघि नै ओलीलाई साथ नदिने बताइसक्जुभएको छ ।

ठाकुर र महतोले पनि साथ नदिने भएपछि प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्का भएको छ । एमालेकै माधव नेपाल पक्ष, नेपाली कांग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उभिएका छन् ।प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार (वैशाख २७ गते) संसदको विशेष अधिवेशन बोलाइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu