Connect with us
Kapilvast Forest

दाङमा खुँडा प्रहार गरी श्रीमतीको हत्या

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

 

दाङ – दाङमा एकजनाले खुँडा प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरलिे जनाएको छ । गढवा गाउँपालिका–२ का ४० वर्षीय धनीराम चौधरीले ४३ वर्षीय श्रीमती शिला चौधरीको खुँडा प्रहार गरी हत्या गरेको जनाएकाने छ ख ।

धनीरामले आइतबार बिहान खुँडा प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द्र प्रसाद रिजालले जानकारी दिनु भयो । उहाँका अनुसार आपसी बिबादमा धनीरामले शिलामाथि खुँडा प्रहार गरी गम्भीर घाइते हुनु भएको थियो ।

उपचारको लागि लमहीतर्फ ल्याउँदै गर्दा ११ बजेतिर उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। खुँडा प्रहार गर्ने चौधरीलाई नियन्त्रण लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu