Connect with us
Kapilvast Forest

वडा कार्यालयको भवन शिलान्यास

२०७६, २१ श्रावण मंगलवारमा प्रकाशित

  • खग प्रसाद चापागाई कपिलवस्तु, २१ साउन,

कपिलवस्तु नगरपालिकाको वडा नम्बर १० को तेनुवा बगिया डाडामा वडा कार्यालयको भवनको शिलान्यास गरिएको छ । नगर प्रमुख किरण सिंह र वडा नम्बर १० का वडा अध्यक्ष मोहनलाल शर्माले संयुक्त रुपमा वडा कार्यालय भवनको आइतवार शिलान्यास गरेका हुन । दुई तले भवन निर्माणका लागी अर्घाखाँची तपेश्वरी श्रीराम जेभीले ९९ लाख ६४ हजार ८ सय ९७ रुपैयामा ठेक्का लिएको छ ।
एक बर्षमा निर्माण सम्पन्न गर्न सम्झौता गरिएको भवनको पहिलो र दोस्रो तल्लामा समान १ हजार ४ सय २६ बर्ग फिट क्षेत्रफल ओगटेर निर्माण हुने छ । भवनको भुई तल्लामा चार कोठा, शौचालय, बरण्डा, लबी र सिढी लगायतका संरचना रहने नगरपालिकाका प्राबिधिक शाखा प्रमुख ईन्जिनियर चण्डी प्रसाद देवले बताए । त्यसै गरि माथिल्लो तल्लामा सभा हल, कोठा, शौचालय लगायतका संरचना हुने उनले जानकारी दिए । वडाको भवन निर्माणको कार्यले स्थानियलाई सेवा प्रवाहमा सहजता मिल्ने नगर कार्य समिती सदस्य पुष्पा थारुले बताईन ।
निर्माण शुरु गरिएको वडा कार्यालयको भवन अतिनै आवश्यक रहेकाले निर्माण व्यवसायी कम्पनीले समयमै कार्य सम्पन्न गर्न आवश्यक रहेको समाजसेवी कृष्ण धितालले बताए । हाल सम्म पुर्वाधार अभावका कारण नागरिकलाई सेवा प्रवाह सहज हुन नसकेको बताउदै भवन निर्माणले व्यवस्थापकिय कार्यमा समेत सहयोग पुग्ने समाजसेवी ललित गुरुङ्गले बताए । अन्य वडा सगै वडा नम्बर १० मा भवन निर्माणको कार्य अगाडी बढाईएको र थप आवश्यक पुर्वाधार निर्माणमा सहयोग गर्न कपिलवस्तु नगरपालिका तत्पर रहने नगर प्रमुख किरण सिंहले प्रतिबद्धता जनाए ।
नगरपालिकाले बिगतमा समयमै काम सम्पन्न नगरेका निर्माण व्यवसायीलाई कालो सुचीमा राखेको स्मरण गराउदै वडा कार्यालयको निर्माण कार्य समयमै सम्पन्न गराउनु आफनो दायित्व भएको उनले बताए । कपिलवस्तु नगरपालिकाले आफनो वडा सहितका वडालाई प्राथमिकतामा राख्नु सर्हानिय पक्ष भएको वडा अध्यक्ष मोहनलाल शर्माले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu