कपिलवस्तुमा कोरोनाका ९ सय ६८ जना सक्रिय संक्रमित,आज ६२ जनाले जिते कोरोना
कपिलवस्तु-स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तुमा ९ सय ६८ जना सक्रिय संक्रमित रहेका छन् भने जिल्लामा कोरोना संक्रमणबाट ७४ ले ज्यान गुमाएका छन् ।स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसारआज (आइतबार) एकैदिन ५ कोरोना संक्रमितको मृत्यु भएको छ ।आज जिल्लाका २ पुरुष र ३ महिला गरि ५ संक्रमितको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेका अनुसारआज कपिलवस्तु नगरपालिकाका ३ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नम्बर ४, ९ र २ का क्रमश ५५, ६० र ४० बर्षीया महिला रहनु भएको छ ।
त्यस्तै जिल्लाको वाणगंगा नगरपालिकामा एक जना पुरुष र विजयनगर गाउपालिकाका ५७ बर्षीय पुरुष मृत्यु भएको छ ।
यस्तै सोही अवधिमा जिल्लामा १०८ संक्रमित थपिएका छन् ।
यस्तै आज जिल्लामा थप ६२ जनाले कोरोना जितेका छन् । आज थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै शिवराज नगरपालिकाका रहेको घिमिरेले बताउनुभयो ।शिवराज नगरपालिकाका ४५ जनाको पिसिआर परिक्षण गर्दा ४३ जनाको पोजेटिभ रिपोर्ट आए सगैं शिवराजमाअब नगरमा सक्रिय सक्रमित ३०८ जना रहेका छन ।
कोरोना संक्रमणदर बढेकाले विशेष सावधानी अपनाउन स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले सबैमा अनुरोध गर्नुभएको छ ।