सरकार निर्माणका लागि काँग्रेस सरप्रराइज गिफ्टको तयारीमा
काठमाडौं – प्रमुख प्रतिपक्षी काँग्रेस प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने प्रयासमा ढुक्क भए पनि वैकल्पिक सरकार बनाउने विषयमा भने अझै प्रतीक्षामै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् ।
कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास भने प्रतीक्षामा राख्दै अघि बढिरहेको छ । यसपटक कांग्रेस सरकार गठनमा ‘सरप्राइज’ दिनेगरी अघि बढिरहेको कांग्रेस नेताकै आँकलन छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीले अब विश्वासको पक्षमा मत पु¥याउने सम्भावना नरहेको औंल्याउनु भयो । ‘अब प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने सम्भावना छैन । सबै लगभग प्रस्ट छन्, माधव नेपालहरूले के गर्छन् हेरौं,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भन्नु भयो ।
कांग्रेसले आफ्नो प्रयासलाई भने आन्तरिक रूपमा तीव्र बनाइरहेको छ । कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले कांग्रेस वैकल्पिक सरकारको पहलमै रहेको बताउनु भयो ।
‘कांग्रेस वैकल्पिक सरकार गठन पहलमा नै छ, पार्टीको बैठकको निर्णय पनि यही हो,’ उहाँले भन्नु भयो , ‘संसदीय दलको बैठकको निर्णय पनि यही हो, प्रतीक्षा गरौं ।’ माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार गोरखामा कांग्रेस सभापति नेतृत्वमा बहुमतको सरकार गठन हुने बताउनु भयो ।
ओलीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने उनको दाबी छ । ‘कांग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्रीका रूपमा अघि बढाउने विपक्षी गठबन्धन तयारी छ, छिट्टै नयाँ सरकार बन्छ,’ श्रेष्ठले भन्नु भयो । संसद्मा काँग्रेसपछिको विपक्षी दल माओवादी केन्द्र नै हो । उसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।आजको राजधानी दैनिकबाट