इटालियन फुटबल लिग सिरी ए मा युभेन्ट्सको मिलानसँग लज्जास्पद हार
एजेन्सी – इटालियन फुटबल लिग सिरी ए अन्तर्गत युभेन्ट्सले मिलानसँग लज्जास्पद हार ब्यहोरेको छ । गएराति भएको खेलमा युभेन्ट्स मिलानसँग आफ्नै मैदानमा ३-० गोलले पराजित भएको हो ।
मिलानको जितमा ब्राहीम डियाज, एन्टे रेबिच र फिकायो टोमोरीले गोल गरे । पराजय भएसँगै युभेन्ट्सले शीर्ष ४ मा आउन कसरत गर्नुपर्ने देखिन्छ ।