विश्वासको मत गुमाएपनि केपी ओलीलाई जनताले सम्झनेछन्: कमल थापा
काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले सधैँ सम्झिरहने बताएउनुभएको छ ।
प्रतिनिधिसभामा विश्वासको मत पाए पनि नपाएपनि लिम्पियाधुरासहितको नक्सा जारी गरेको र सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको जस ओलीले पाउने थापाको भनाई छ ।
थापाले ट्वीट गर्दै संसदमा विश्वासको मत गुमाएपनि ती दुई कामको लागि ओलीको कार्यकाल स्मरणीय रहने बताउनुभएको छ ।जेहोस् अनेक विवाद र असफलताका वाबजुद लिम्पियाधुरासहितको चुच्चे नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने छ’, थापाले ट्वीट गर्नु भएको छ ।
