Connect with us
Kapilvast Forest

सांसदहरु संसद बैठकमा जान सुरु, कोरोना परीक्षण रिपोर्ट हेरेर मात्रै प्रवेश

२०७८, २७ बैशाख सोमबारमा प्रकाशित

 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा सांसदहरु जाने क्रम जारी छ । सांसदहरुलाई पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको एकिन गरेर मात्रै बैठक कक्षमा प्रवेश दिइएको छ ।पीपीई लगाएर मुख्य ढोकामा खटिएका कर्मचारीहरुले सांसद तथा कर्मचारीहरुको पीसीआर रिपोर्ट चेक गर्दै प्रवेश अनुमति दिइएको छ ।

 

संसदको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा प्रधानमन्त्री ओलीले लिन चाहेको विश्वासको मतमाथि मतदान हुने छ ।संसद बैठकमा सहभागी हुनेहरुलाई कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । पीसीआर परीक्षण नगराएकाहरुलाई एन्टिजेन परीक्षण गराएर मात्रै बैठकमा सहभागी गराइने संसद सचिवालयले जनाएको छ ।

यसअघि नै संघीय संसद सचिवालयले सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसद, कर्मचारी, संसदीय मामिला पत्रकारलगायतको पीसीआर परीक्षण गराएको थियो । रिपोर्ट पोजेटिभ आएकाहरुलाई संसद भवन परिसरमा टेन्टमा राखिएको छ र उनीहरुलाई मतदान सुरु भएपछि प्रक्रियामा सहभागी गराइने संसद सचिवालयले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu