Connect with us
Kapilvast Forest

ट्राफिक चेकजाँचमा अब कैसैको सिफारिस चल्दैन ट्राफिक प्रमुख : बम

२०७६, २१ श्रावण मंगलवारमा प्रकाशित

(सागर थापा/महेन्द्र सिंह)

भर्खरै सरुवा भएर आउनु भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले ट्राफिकले चेकजाँच गर्ने क्रममा ट्राफिक नियम बिपरित कुनै पनि गल्ती भएमा ट्राफिक नियम अनुसार कार्वाही गर्ने र डियुटीको क्रममा कोसैको सोर्स फोर्सको पनि सिफारिस नसुन्ने निर्देशन दिएका छन । जिल्लाको ट्राफिक ब्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रमदेखि सडकमै आफु समेत खटेर घुम्ती प्रशिक्षण गरिने बताएका छन ।

अस्थायी ट्राफिक प्रहरी कार्यालय नेपालगन्जमा सोमबार पत्रकारहरु सँगको परिचयात्मक भेटघाटमा बाँके ट्राफिक प्रमुख बमले पार्किङ समस्या समाधानका लागि सरोकार निकाय सङ समन्वय गरेर सडकको एक साइडमा वन वे पार्किङको ब्यबस्था मिलाउने बताउनुभयो ।

छाडा पशु चौपाया पनि नेपालगन्जको मुख्य चुनौति भएको भन्दै उहाँले उपमहानगरपालिका संग सहकार्य गरेर कान्जीहाउसमा छाड्ने कार्यलाई निरन्तरता दिइने बताउनुभयो । छाडा पशु चौपायाका कारण दुर्घटना बढेको ट्राफिक प्रमुख बमले बताए । उहाँले ट्राफिक ब्यबस्थापन कडा बनाउनु पर्नेमा समेत जोड दिनुभयो । दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम गरिने बताउँदै ट्राफिक प्रमुख बमले सडकमा आफै खटेर गाडीहरुमा यात्रु तानातान गर्ने प्रवृत्तिलाई अन्त्य गर्न जिल्ला प्रहरी कार्यालय बाँकेसंग समन्वय गरिने समेत उल्लेख गर्नुभयो ।

नो हर्नलाई पनि अब छिटै प्रभावकारी बनाइने उहाँले बताउनुभयो । बाँकेमा ट्राफिक जनशक्ति अभावको कारण २४ जना दरबन्दी रहेको बाँकेमा हाल काज गरेर ६८ जना ट्राफिक प्रहरी रहेपनि अझैं अभाव भएको ट्राफिक प्रमुख बमले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu