Connect with us
Kapilvast Forest

भ्याक्सिनमा कसैले भ्रष्टाचार गरेको भए कसैलाइ पनि क्षम्य हुन्न कारबाही हुन्छ:प्रधानमन्त्री ओली

२०७८, २७ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोपका विषयमा फूमाथि हिलो छ्याप्ने काम भएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । उहाँले यदि कसैले भ्रष्टाचार गरेको भए अक्षम्य हुने र छानविन गरेर कारबाही गर्ने बताउनुभयो ।

संसदको सोमबार बसेको बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले सरकारको ध्यान महामारी नियन्त्रणमा केन्द्रित रहेको बताउनुभयो । उहाँले अघि भन्नुभयो , ‘कतिपय कर्नरमा प्रधानमन्त्रीमाथि हिलो छ्याप्ने वा सरकारमाथि हिलो छ्याप्ने र कोभिडविरुद्धको औषधिमा भएको भ्रष्टाचारको नाममा कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढंगले देखाउने क्रियाकलाप भए ।’

 

भ्याक्सिन अभाव भएपनि सरकारले दक्षिण एसियामा भारतपछि बढी खोप ल्याउन सफल भएको उहाँले बताउनुभयो । पीसीआर टेष्ट, आईसीयू भेन्टिलेटर व्यवस्था गरेको भन्दै प्रधानमन्त्री ओलीले कोभिड महामारीमा जनताको जीवन रक्षा पहिलो सर्त भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अघि भन्नुभयो , ‘यस्तोमा पनि कसैले भ्रष्टाचार गर्छ भने यस्तो अपराध क्षम्य हुन्न । छानविन हुन्छ, कारबाही हुन्छ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu