Connect with us
Kapilvast Forest

संविधान संशोधनका लागि प्रधानमन्त्री तयार

२०७८, २७ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्न सकिने बताउनुभउको छ । संशोधनको औचित्यका आधारमा संविशान संशोधन हुने उल्लेख गर्दै ओलीले यसका लागि सुझाव संकलन गर्न कार्यदल गठन गर्न सकिने पनि बताउनुभयो ।

संविधान असंशोधनिय दस्तावेज नभएको उल्लेख गर्दै उहााले औचित्यका आधारमा संशोधन हुने बताउनुभयो ।प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै पनि हिसाबले विश्वास गर्न नपर्ने कारण नभएको बताउनुभयो । राष्ट्रिय अखण्डता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनतामाथि उठाउने सवालमा वर्तमान सरकारले कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा उपलब्धिपुर्ण ढंगले अगाडि बढेको सरकारालई विश्वास गर्न नपर्ने कुनै आधार नै नभएको बताउनुभयो ।सरकारले निष्पक्ष न्याय निरुपणमा जोड दिएको उहाँले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu