Connect with us
Kapilvast Forest

नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो,आज थप ९ हजार २७१ जनामा संक्रमण

२०७८, २७ बैशाख सोमबारमा प्रकाशित

corona ncn

 

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १७ हजार ६२३ जनाको पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी ९ हजार २७१ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भएको हो ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ ।कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९२७१ जना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj