Connect with us
Kapilvast Forest

संसद अधिवेशन आजै १२ बजेदेखि अन्त्य गर्न सिफारिश

२०७८, २७ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं- सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिश गरेको छ ।सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको हो ।

 

मन्त्रिपरिषदको बैठकको निर्णय लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतलनिवास जानु भएको छ ।यसअघि वैशाख १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान गर्नु भएको थियो ।

सोमबार संसदमा विश्वासको मत माग्दा प्रधानमन्त्रीको पक्षमा जम्मा ९३ मत परेको थियो । संसदको बहुमत सदस्यको समर्थन अर्थात् १३६ मत पाउन नसकेका कारण प्रधानमन्त्री ओली सोमबार नै पदमुक्त हुनु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu