Connect with us
Kapilvast Forest

शिवराज नगरपालीकाको काम प्रति राष्ट्रिय जनमोर्चा असन्तुष्ट ।।

२०७६, २१ श्रावण मंगलवारमा प्रकाशित

नवराज पौडेल
कपिलवस्तु, साउन २१
कपिलवस्तुको शिवराज नगरपालिकाको गतिविधिप्रति राष्टिय जनमोर्चा असन्तुष्ट भएको छ । ,नगरपालिकाले संचालन गरेको विकास निर्माण का विषयमा असन्तुस्टी जनाउंदै मंगलबार राष्ट्रिय जनमोर्चा कपिलस्तुले २१ बुंधे ध्यानाकर्षण पत्र बुझाएको हो । २०६२÷६३ को जनआन्दोलन जातिय राज्य विरुद्ध तथा संघियताको विरुद्ध आन्दोलन ,संविधान निर्माणको संन्दर्भमा रा.ज.मो को महत्वपुर्ण योगदान रहेको भन्दै नगरपालिका भित्र देखेका जनताका समस्याहरुलाई सुझावको रुपमा ध्यानाकषर्ण गराएको रा.ज.मो कपिलवस्तुले बताएको छ ।
स्थानिय सरकार आए पछि हाल सम्म कुनै पनि कार्यक्रममा रा.ज.मो लाई सहभागी नगरराई निषेध गरिइएको, जनताको ढाड सेकिने गरि कर बढाएको,नगरपालिकाको बजेट पुर्वाधार विकास का काममा भन्दा कृषि क्षेत्रमा लगानी गर्नु पर्ने,उपभोक्ता समिती निर्माण गर्दा गर्दा गोप्य तरिकाले भइसकेको ले समितीले गरेको कामको आयव्याय प्रस्तुत गर्नुपने, एकै आर्थिक वर्षमा एक व्याक्ती दुई ठांउको उपभोक्ता समितीमा बस्न नपाउने नियम बनाउने, र नगर भित्र सम्पन्न भएका सडकहरु दुई महिना नपुग्दै उक्कीने,भत्कीने गरेकाले ठेकेदारलाई कम्तिमा १० वर्षको ग्यारेन्टी सहित कागज बनाई ठेक्का दिनुपर्ने , कृषि तथा पशु शाखा बाट प्राप्त अनुदानमा आएको विउहरु आलु,गहुं,घांसको विउ मनोमानी वडा अध्यक्षहरुले नबांड्न माग गर्दै ध्यानाकर्षण पत्र वुझाएको चेतनारायण खनालले जानकारी दिनुभएको छ ।
यस्तै नगरपालिकाले कर्मचारी तथा अन्य व्याक्ती छनोट गर्दा दलित,जनजाती,अपा¨हरुको पारिवारिक अवस्था हेरी छनोट गर्नुपर्ने र एकै घरका दुई वा सो भन्दा बढी व्याक्तीलाई प्राथामिकता नदिनने ,प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पारदर्शी नभएको,नगरपालिकाले सार्वजनिक सौचालयको व्यवस्था गर्न नसकेको, लगाएतको असन्तुष्ट व्यत गर्दै आफना मागहरु तत्काल संवोधन गर्न आग्रह गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu