Connect with us
Kapilvast Forest

विवाह–व्रतबन्ध पार्टी प्यालेसमा गर्न नपाइने, घरमै गर्न परे बढीमा १० जना

२०७८, २८ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं – अब काठमाण्डौ उपत्यकामा विवाह, व्रतबन्ध, धार्मिक अनुष्ठानहरू पार्टी प्यालेसमा गर्न नपाइने भएको छ । ​मङ्गलवार काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाण्डौ उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय गर्दै पार्टी प्यालेसमा विवाहलगायतका कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाएको हो ।

विवाहलगायतका कार्यक्रम घरमै गर्ने भएमा बढीमा १० जनामात्र सहभागी हुन पाउने व्यवस्था भएको छ । तर घरमा पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने प्रशासन कार्यालयले जनाएकाे छ ।

यसअघि पहिलो चरणमा वैशाख १६ देखि २२ गतेसम्म र दोस्रो चरणमा वैशाख २९ गतेसम्मका लागि लागू गरिएको निषेधाज्ञा आज फेरि १५ दिनका लागि थपिएको हो ।

सङ्क्रमणको दर बढ्दै गएपछि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य मापदण्ड पालना भए–नभएको, मास्क प्रयोग र अनावश्यक हिँडडुल गर्नेमाथि कडा अनुगमन गरिने र मास्क नलगाउनेलाई जरिबाना गर्ने , अत्यावश्यक कामबाहेक हिँडडुल गर्नेलाई होल्डिङमा राखिने बताउनुभयो ।

खाद्यान्न, अत्यावश्यक वस्तु, औषधिलगायतले पासको आधारमा र पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवतजावतमा सहजीकरण गरिने छ ।

यस्तै मृत्यु संस्कार र बिरामी लिएर जिल्लाबाहिर जानुपर्ने अवस्थालगायतका अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने व्यवस्था मिलाइएको प्रजिअ पराजुलीले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu