Connect with us
Kapilvast Forest

बहुमत पुर्‍याउने काँग्रेसको अन्य तरिका के होला ?

२०७८, २८ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएसँगै विपक्षमा रहेका दललाई आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अवसर आएको छ।विश्वासको मत अगाडि नै विपक्षमा रहेका प्रमुख २ दल नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताबिच काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने सहमति भइसकेको छ।जनता समाजवादी पार्टीको एक समूह पनि यसमा सहमत देखिन्छ।

तर जसपा भित्र केन्द्रीय अध्यक्ष महन्थ ठाकुर एकातिर र उपेन्द्र यादव र बाबुराम भट्टराई अर्कोतिर हुँदा जसपाको सबै मत नयाँ सरकारले पाउने सम्भावना छैन। जसपा एक ढिक्का नभए नयाँ सरकार गठनका लागि आवश्यक बहुमत पुग्दैन।

यही बिच नेपाली काँग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक बसेर राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार २ वा २ भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनको दाबी गर्न तोकेको समयभित्र पार्टीको तर्फबाट नयाँ सरकार गठनको दाबी पेस गर्ने निर्णय गरेको छ। दाबी गर्ने समय २ दिन बाँकी छ।

काँग्रेसले दाबी पेस गर्ने निर्णय गरे पनि जसपाको ठाकुर समूहले समर्थन गर्ने सम्भावना मङ्गलवारसम्म देखिएको छैन। जसपाले समर्थन नगरे कसरी सरकार बन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा पार्टीका सह(महामन्त्री तथा देउवा निकट नेता डा प्रकाश शरण महतले भनेु बहुमत पुर्‍याउन अन्य तरिकाहरू पनि छन् नि।

के हुन सक्छ बहुमत पुर्‍याउने तरिका

पहिलो स् नयाँ सरकार गठनको पहिलो विकल्प नेपाली काँग्रेस, माओवादी र सग्लो जनता समाजवादी पार्टीको समर्थन नै हो। यी तीन दल मिलेमा बहुमतका लागि आवश्यक एक सय ३६ सङ्ख्या पुग्छ नै। तर जसपामा जसरी विवाद र धुर्वीकरण बढिरहेको छ त्यसले नयाँ सरकार गठनमा जसपामा एकमतले निर्णय हुने सम्भावना कम छ।

दोस्रो स् विकल्प एमालेका असन्तुष्ट माधव नेपाल समूहले काँग्रेस र माओवादीको गठबन्धनलाई समर्थन गरेर राष्ट्रपतिकोमा हस्ताक्षर बुझाउने हो। तर यो त्यति सहज छैन। नेपाल समूहभित्र केपी ओलीप्रति असन्तुष्टि रहे पनि एमाले विभाजन गर्नेबारे भने एकमत बनिसकेको छैन। त्यही विवादले नेपाल समूहले संसद्को विशेष अधिवेशन अगाडि राजीनामा दिने निर्णय गराउन सकेनन्।

तेस्रोस्विकल्प एमालेका असन्तुष्ट सांसदहरूले राजीनामा दिने हो। कमसेकम २० जना सांसदले राजीनामा दिएमा काँग्रेस र माओवादी केन्द्र बहुमतमा पुग्न सक्छन्।

चौथो स् विकल्प आफ्नै पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा अनुपस्थित भएर पार्टीको ह्विप उलङ्घन गर्ने २८सांसदमाथि कारबाही गरेर सांसद पदबाट बर्खास्त गर्ने हो। तर अन्य दलले बहुमत नपुराएको अवस्थामा नेपालको संविधानको धारा ७६ को उपधारा ३ अनुसार अल्पमतको सरकार बनाउने मौका छाडेर तत्काल आफ्नो दलका सांसदको सङ्ख्या घटाएर काँग्रेस र माओवादी केन्द्रलाई सहज बहुमत दिन काम प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने सम्भावना देखिन्न।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu