Connect with us
Kapilvast Forest

इजरायलले गरेको भीषण बमबारीमा ३५ प्यालेस्टाइनीको मृत्यु

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

एजेन्सी- इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा भीषण बमबारी गरेको छ । सोमबारदेखि गरेको बमबारी बुधबार बिहानैदेखि निरन्तरता दिएको हो ।

लगातार गरेको सो बमबारीमा कम्तिमा ३५ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १० जना बालबालिका रहेको अलजजिराले उल्लेख गरेको छ ।

आक्रमण सन् २०१४ यताकै सबभन्दा ठुलो भएको बताइएको छ । यससँगै इजरायल–प्लोस्टाइन तनाव झन चर्किएको छ । दुवै पक्षले आक्रमणलाई तीव्र बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मंगलबार प्यालेस्टाइनी सेनाले इजरायलमाथि सयौँ रकेट प्रहार गरेको थियो । आक्रमणमा ३ जनाको मृत्यु हुनाको साथै १२ जना घाइते भएको बताइएको छ । यसअघि इजरायलले गाजा क्षेत्रमा गरेको हवाई आक्रमणको जवाफ स्वरूप प्यालेस्टाइनले रकेट आक्रमण गरेको हो ।

सो आक्रमणपछि इजरायलले लड सहरमा संकटकाल घोषणा गरेको छ । मंगलबार राति इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संकटकाल घोषणा गरेका हुन् ।

इजरायल–प्यालेस्टाइनको तनाव चर्किएपछि अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई शान्ति कायम गर्न आग्रह गरेको छ । त्यस्तै संयुक्त राष्ट्रसंघले पूर्ण युद्धको स्थिति हुन लागेकाले दुवै पक्षलाई आक्रमण रोक्न आग्रह गरेको छ ।

युद्धका कारण गाजा क्षेत्रका सामान्य मानिसले ठुलो मूल्य चुकाउनु परिरहेको उल्लेख गर्दै राष्ट्रसंघले हिंसा रोक्ने विषयमा सबै पक्षको ध्यानाकर्षण गराएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu