कोरोना संक्रमणबाट शिक्षिकाको मृत्यु
धनगढी – कोरोना संक्रमणबाट कैलालीमा एक शिक्षिकाको मृत्यु भएको छ।अत्तरियामास्थित एक स्कुलमा अध्यापनरत गोदावरी नगरपालिका १ की कोरोना संक्रमित महिलाको मृत्यु भएको हो।
कोरोना संक्रमण पुष्टि भएपछि केही दिन पहिले मालाखेती अस्पतालमा भर्ना हुनुभएकिो थियो उहाँलाई मालाखेती अस्पतालबाट धनगढीको माया मेट्रो अस्पतालमा रेफर गरिएको थियो। थाइराइडबाट ग्रस्त उनको अक्सिजन लेवल निकै घटेको थियो। उहाँको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।