सकियो ओली-नेपालबीचको वार्ता,नेपाल समूहका सांसदको राजीनामा तत्काललाई टर्यो
काठमाडौं-प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ।चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा ओली र नेपालबीच झन्डै ४ घन्टा वार्ता भएको हो।
वार्ता सकेर प्रधानमन्त्री ओली केहीबेरअघि उक्त घरबाट बाहिरिनुभएको छ ।बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले केही प्रतिक्रिया दिनुभएन ।प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहिबार वार्तापछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै बरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताउनुभएको छ ।
चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा अध्यक्ष ओलीसँग झन्डै ४ घन्टा वार्ता गरेपछि नेपालले तत्कालाई राजीनामाको स्थिति टरेको बताउनुभएको हो ।
प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहिबार वार्तापछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै बरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताउनुभएको छ ।वार्ता र संवाद जारी रहेको भन्दै नेता नेपालले मिल्ने दिशामा अगाडि बढेकाले राजीनामा दिने कुरा तत्काललाई टरेको जानकारी दिनुभएको छ यद्यपी प्रधानमन्त्री ओलीले भने कुनै पनि प्रतिक्रिया दिनुभउको छैन ।
आज बहुमतीय सरकार बनाउनका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने तयारी गरिरहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले अब त्यो सम्भावना लगभग टरेको निष्कर्ष निकालेका छन्।
एमालेमा माधवकुमार नेपाल पक्षले निर्णय गर्न नसकेपछि र जसपाभित्रको अन्यौल कायमै रहेपछि दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउने सम्भावना सकिएको छ,’ कांग्रेसका एक शीर्ष नेताले भन्नुभयो ।केन्द्रका नेताले पनि सरकारमा दाबी गर्ने आफूहरूको सम्भावना लगभग सकिएको बताउनुभयो ।
कांग्रेस, माओवादी केन्द्रलाई आज बिहानसम्म माधव नेपाल समूहका २० जना सांसदले राजीनामा दिन्छन् भन्ने आश थियो।नेपाल समूहले कांग्रेस(माओवादीलाई त्यसैमा आश्वस्त बनाएको थियो। तर नेपाल समूहभित्र कुरा नमिलेपछि र पार्टीभित्रको समस्या मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयत्न सुरू गरेपछि राजीनामा टरेको देखिएको छ।
जसपामा पनि कांग्रेस(माओवादी केन्द्रको गठबन्धनमा नजाने महन्थ ठाकुर र राजेन्द्र महतोको अडान कायमै छ। माधव नेपाल पक्षले राजीनामा नदिएको अवस्थामा जसपाभित्र कांग्रेस(माओवादीसँग मिलेर सरकार बनाउनु पर्ने पक्षमा सांसदहरूको बहुमत देखिन सकेको छैन।
प्रधानमन्त्री ओलीले संसदमा बहुमत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकारमा दाबी गर्न बिहीबार ९ बजेसम्मको समय दिनुभउको थियो । यो समयभित्र बहुमतको सरकारमा कसैले दाबी गर्न नसकेमा राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को ३ अुनसार संसदमा सबैभन्दा ठूलो दलको नेतृत्वमा अल्पमतको सरकार बनाउने छन्। यो धाराअनुसार प्रधानमन्त्री ओलीले नै फेरि प्रधानमन्त्री नियुक्त हुनुहुने छ । उहाँले प्रतिनिधि सभामा तीस दिनभित्र विश्वासको मत लिनु पर्ने छ। विश्वासको मत नपाए उहाँ पदमुक्त हुनुहुने छ ।