Connect with us
Kapilvast Forest

राजधानीको विजेश्वरीमा गोली चल्यो, मिलन तामाङ घाइते

२०७६, २४ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं । राजधानीको विजेश्वरीमा प्रहरीले लुटेरा समूहमाथि गोली चलाएको छ । रामेछाप लिखु गाउँपालिकाका अध्यक्ष गाेविन्द खड्कालाई दुई करोड नदिए छोरी मारिदिने धम्की दिँदै आएका लोप्साङ भनिने मिलन तामाङलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । तामाङको दुवै घुँडामा गोली लागेको छ भने अर्का अमृत तामाङसमेत पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले गोली चलाएको हो । प्रहरीको तर्फबाट दुई राउन्ड गोली चलेको छ । स्वयम्भूको विजेश्वरी हाउजिङ नजिकै कारबाही भएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिनुभयो । थापाका अनुसार घुँडामा २ राउण्ड गोली लागेको छ। गोली लागेका व्यक्तिलाइ उपचारका लागि ट्रमा सेन्टर लगिएकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu