प्रतिगामी शक्तिविरुद्ध संघर्षमा उत्रिन प्रचण्डको आह्वान
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन विरोधी प्रगितामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आह्वान गर्नु भएको छ ।
शुक्रबार मुस्लिम समुदायका पर्व इद उल फित्रको अवसरमा जारी गरेको शुभकामना सन्देशमा उहाँले उक्त कुरा बताउनुभयो । प्रचण्डले बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियावादीहरुबाट प्रहार भइरहेको भन्दै संघर्षमा उत्रिन आह्वान गर्नु भएको छ ।
साथै, प्रचण्डले महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई सुरक्षित रहन आग्रह गर्दै मुस्लिम समुदायलाई शुभकामना दिनुभएको छ ।