Connect with us
Kapilvast Forest

माओवादीका प्रवक्ता श्रेष्ठद्वारा एमालेलाई बधाई अव गाली गरेर समय खेर नफालौं

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं- नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यकर्तालाई अरूको विरोधमा समय खेर नफाल्न आग्रह गर्नु भएको छ ।नेकपा (एमाले) को विवाद साम्य भएपछि बधाई तथा शुभकामना दिँदै उहाँले फेसबुकमा लेख्नुभएको छ ‘हाम्रो पार्टी र अन्य कम्युनिष्ट क्रान्तिकारी हरु, मुख्यतः हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) ले अव प्रतिक्रियात्मक भएर अरुको विरोधमा समय खेर फाल्नु हुदैन।’

देशभक्ति ,क्रान्तिनिष्ठता , सिध्दान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै व्यवस्थितरुपमा वैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरणको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ।

ुवैचारिक छिपछिपे पन , विधि पद्धतिको, अवज्ञा , व्यक्तिवाद ,संकीर्णता , अनेकता ,गुटबन्दी , भ्रष्टीकरणबाट माथि उठ्नुपर्छ र त्यसको विरूद्ध संघर्ष गर्न दृढ हुनुपर्छु उहाँले लेख्नुभएको छ त्यसरी मात्र हामी क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलता उन्मुख हुँदै अघि बढ्न सक्नेछौँ।

विचलन, निराशा र निकृयता क्रान्तिकारी गुणचरीत्र नभएको जिकिर गर्दै घिसिपिटेपन र तदर्थवादबाट फड्को नमारीकन पनि आजको आवश्यकता पुरा गर्न नसकिने बताउनुभउको छ ।तत्कालका लागि कोरोना नियन्त्रण तथा रोकथामका लागि भूमिका खेल्न सिङ्गो पाटी पङ्क्तिलाई स्वयंसेवामा जुट्न आग्रह समेत गर्नुृ भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu