Connect with us
Kapilvast Forest

संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृतिविरुद्ध संघर्ष जारी रहन्छ:प्रचण्ड

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको संघर्ष जारी रहने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विरुद्ध बैकल्पिक सरकार गठनको प्रयासमा लागेका माओवादी केन्द्रका अध्यक्ष दाहालले ओली पुन प्रधानमन्त्री बनेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै संविधान र लोकतन्त्रको पक्षमा निरन्तर खबरदारी गर्ने बताउनुभएको छ ।

उहाँले प्रतिपक्षीको हैसियतले सरकारबाट भएका गलत कामको आलोचना गर्दै जनतालाई राहत दिने र संविधान र राष्ट्रको बचाउको पक्षमा निरन्तर संघर्ष गर्ने उल्लेख गनुृ भयो । सरकार गठनमा नेकपा एमालेको नेपाल खनाल समूहबाट धोका भएको हो भन्ने जिज्ञासामा उनले अहिले नै धोका भयो भनेर टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो – “चुनौतिपूर्ण पनि छ सम्भावना पनि छ । हामी आफ्नो ढंगले अघि बढ्छौ । संविधान र लोकतन्त्रको रक्षाको निम्ति । संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको हाम्रो संघर्ष जारी रहन्छ । प्रतिपक्षीको हैसियतले गलत कामको आलोचना हुन्छ । जनताको राहत दिने र संविधान र राष्ट्रको बचाउको पक्षमा हामी निरन्तर संघर्षमा हुन्छ । अहिले म धोका भन्ने शब्द त प्रयोग गर्न चाहन्न । किनभने अहिले भर्खर पनि हामी कुरा गर्दैछौ । उहाँहरुभित्र केही समस्या पक्कै पनि भए होलान् । उहाँहरु आफु पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षरत नै हुनु भएकाले अहिले नै धोका दिनुभयो भन्ने शब्द बढी हुन्छ भन्ने लागेको छ । म आशा गर्छु उहाँहरु सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा, संविधानको पक्षमा संघर्ष अगाडि बढाउनुहुन्छ र हाम्रो एक ठाउँमा फेरि पनि भेट हुन्छ भन्ने म ठान्छु । ”

उहाँले असंवैधानिक ढंगले हुने निर्वाचनको विरोध गर्ने बताउनुभयो । उहाँले भन्नुभयो , ‘संवैधानिक ढंगले हुने कुनै पनि निर्वाचनको निम्ति पार्टी जहिले पनि तयार हुन्छ । संविधान विरोधी भयो भने मात्रै हाम्रो विरोध हुने हो । आलोचना हुने हो । संविधानअनुसार हुने चुनावमा हाम्रो सहभागिता हुन्छ ।”

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu