Connect with us
Kapilvast Forest

आमसञ्चार क्षेत्रका बाँकी काम छिटै पुरा हुन्छ :नवनियुक्त सञ्चार मन्त्री गुरुङ

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं-नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आमसञ्चार, दूरसञ्चार, हुलाकलगायत क्षेत्रमा विगतमा गर्न बाँकी काम पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

शपथ ग्रहणपछि मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री गुरुङले ‘नेपाल टेलिभिजन समृद्धि यात्रा’ कार्यक्रम स्वीकृत गर्नु भएको हो । उहाँले अघिल्लो पटक गत असोज २९ गते सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

उहाँले आज मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो पहिलो कार्यकाल विवादित नभएको जनाउँदै अब पनि प्रतिबद्ध भएर काम गरिने बताउनु भयो । मन्त्री गुरुङले नेपालमा कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आफूले अघिल्लो कार्यकालमा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा सबै विभाग, संगठनबाट भरपूर सहयोग पाएको बताउँदै भन्नु भयो “सबैको सहयोगबाट हिजोको बाँकी काम पूरा गर्न लाग्नेछु ।”

सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्री गुरुङले आठ नौ महिनाको कार्यकालमा धेरै सुधारको काम थालनी गर्नुभएको जानकारी दिनु भयो ।

कोभिडका कारण मन्त्रालय र त्यसअन्तर्गतका निकायमा कार्यरत कर्मचारी सङ्क्रमित भएको र कतिपय नियमित काम रोकिएको उहाँले बताउनु भयो । अहिले आमसञ्चार माध्यमले नागरिकलाई ससूचित गराउन लाग्नुपर्नेमा उहाँले जोड दिनु भयो । उहाँले भन्नु भयो “नागरिकमा सचेतना बढाउन र स्वास्थ्य मापदण्डका बारेमा सजग बनाउन आमसञ्चारको भूमिका छ ।”

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu