Connect with us
Kapilvast Forest

मेयरलाई स्कर्ट र ब्लाउज लगाएर शहर घुमाइयो

२०७६, २५ श्रावण शनिबारमा प्रकाशित

मेक्सिको । चुनावका बेला नेताहरू विभिन्न वाचा गर्छन्। चुनाव जितेपछि भने सबै बिर्सन्छन्। चुनावी प्रतिबद्धता बिर्सने एक जना मेयरलाई मेक्सिकोका नागरिकले पाठ पढाएका छन्। उनीहरूले उनलाई महिलाको लुगा लगाउन लगाएर शहर घुमाए। गत हप्ता ह्विक्सटान प्रदेशमा रहेको सान आन्ड्रेस पोर्टो रिको शहरका मेयर जाभिइर जिमेनेजलाई नगरवासीले केही दिनसम्म महिलाको भेषमा शहर घुम्न बाध्य पारेका थिए।

गाढा कालो रङको लामो स्कर्ट र सेतो ब्लाउज लगाएर आक्रोशित शहरवासीका अगाडि मेयर जिमेनेज हिँडेका थिए। एक जना नगर अधिकारी लुइस टनले उनलाई साथ दिएका थिए, जो गुलाबी रङको महिला पहिरनमा सजिएका थिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार चुनावताका जिमेनेजले शहरको खानेपानी प्रणालीमा सुधार गर्न करिब १ लाख ५८ हजार डलर बजेट छुट्याउने वाचा गरेका थिए। तर, यो रकम उनी आफैँले हिनामिना गरेको आरोप लगाइएको छ। महिलाको पोशाकमा शहर घुम्न बाध्य पारिएका मेयरले भने आफू निर्दोष भएको दाबी गरेका छन्।

रिसाएका नगरवासीले हातमा सरकारको असफलतामाथि खेद प्रकट गरिएका प्लेकार्ड बोकेका थिए। अँध्यारो मुख लगाएर शहर घुमेका मेयर जिमेनेजले शहरवासीलाई आफूले काम गर्न खोजेको बताइरहेका थिए। तर, उनीहरू भने मेयरलाई गाली गरिरहेका थिए।

मेक्सिकोमा जनप्रतिनिधिलाई यसै गरी महिलाको पोशाक लगाउन बाध्य पारेर लज्जित तुल्याउने पुरानो परम्परा छ। , अन्नपूर्ण पाेस्ट् दैनिकले खबर छापेकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu