Connect with us
Kapilvast Forest

कपिलवस्तुका खानको नाम साउदी अरेबियाको राजदूतमा सिफारिस

२०७८, १ जेष्ठ शनिबारमा प्रकाशित

 

काठमाडौ-परराष्ट्र मन्त्रालयले ११ मुलुकमा तीन वर्षदेखि रिक्त राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ ।अष्ट्रिया, इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, अष्ट्रेलिया, रूस, बर्मा, बहराइन, ब्राजिल, डेनमार्क र साउदी अरेबियाका लागि परराष्ट्रले ११ जनाको नाम राजदूतको प्रस्ताव गर्दै सिफारिस गरेको हो।प्रस्तावित नाम संसदीय सुनुवाइका लागि शुक्रबार नै संसद्‌ सचिवालयमा पठाइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनु भएको छ ।

राजदूत सिफारिस गरिएकामा कपिलवस्तुका मेराज मुसलमानलाई साउदी अरेबियाको राजदूत बनाउन परराष्ट्रले सिफारिस गरेको छ।परराष्ट्रले गरेको सिफारिस संसदीय समितिमा सुनुवाइपछि पारित हुनुपर्ने व्यवस्था छ ।साउदी अरेवियाको राजदूतमा मन्त्री परिषको वैठकबाट सिफारिस हुनु भएका खान कपिलवस्तुको महाराजगन्ज नगरपालिका निवासी खाँन नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सचिवालय सदस्यको भुमिकामा कृयासिल हुनु हुन्छ ।

नेकपा (एमाले) कपिलवस्तु काठमाडौं सम्पर्क मन्चका सल्लाहकार रहनु भएका खाँन नेकपा( एमाले) सम्बद्ध मुस्लिम संगठनको केन्द्रीय सदस्य समेत हुनुहुन्छ । विगतमा कृषि समाग्रि कम्पनी लिमिटेडको राष्ट्रिय अध्यक्ष रहनु भएका खानले कपिलवस्तु बहुमिखी क्याम्पसमा रसायन शास्त्र प्रध्यापन समेत गर्नु हुन्थ्यो ।

त्रिभुवन विश्व विद्यालयको केन्द्रिय क्याम्पसवाट एमएससी गर्नु भएका खाँन अंग्रेजी ,अवधी ,उर्दु र नेपाली भाषामा राम्रो वोलचाल तथा लेखापढ गर्न सक्नु हुन्छ । उहा क्याम्पसमा अध्ययनरत विद्यार्थी छदा अनेरास्ववियूको क्याम्पस प्रारम्भीम कमिटीमा रयासयन शास्त्र विभागका तर्फवाट प्रतिनिधीत्व गर्दै संगठनमा कृयासिल रहेको उहा वताउनु हुन्छ । २०५५ २०५६ मा डिग्री सकेर कपिलवस्तु फर्कनु भएका खाँन करिव २०६० सम्म एमालेमै हुनुहुन्थ्यो । मधेस आन्दोलन क्रमश वढ्दै जाँदा उहाले साच्चै मधेसको राजनीति फोरमले नै गर्ने रहेछ भनेर मधेसी जनअधिकार फोरममा समेत लाग्नु भएको थियो ।

तर करिव ४र५ वर्षको फोरमको राजनीति हेरेपछि खाँनले आफूले वाटो विराएको भन्दै पुन एमालेमा फर्कनु भएको थियो । मधेस आन्दोलनमा लागेर वास्तविकता बुझेर एमालेमै फर्किएका खानलाई एमालेले जिल्ला कमिटीमा राखेर काम गर्ने अवसर प्रदान गरेको थियो । विगतमा काठमाडौमा रहेर अनेरास्ववियूको राजनीति गरेका खाँन पढाइमा अब्बल मात्र हुनु हुन्न भाषा भाषण र अरुलाई संझाएर सहमत गराउने विशेष कला राख्नु हुन्छ । एउटा कम्युनिष्टमा हुने सादगी ,सद्भाव र सुवचन युक्त गुण उहामा धेरै छ । आफु भन्दा सानालाई समेत नमस्कार अभिवादन गर्दै सहज रुपमा प्रस्तुत हुने खाँन ४७ वर्षको उमेरमा साउदी अरेवियाको राजदूत हुने मौका पाउनु भएको छ ।

मुस्लिम वाहुल्य कपिलवस्तुको राजनीति गरेका खानले मुस्लिम राष्ट्रको महत्वपूण ओहदा पाउनु भएकोछ । सरकारले सिफारीस गरेकोमा धन्यवाद दिदै खाले भन्नु भयो त्यहा रहेर देश र देशवासीकालागि सके सम्म राम्रो गर्नेछु । बैदेशीक राजगारीमा गएकाले पाएका दुख कष्ट हटाउन पहल गर्नेछु । कपिलवस्तुकालागि त्यहावाट गर्न सकिने काममा विशेष योगदान गर्नेछु । आफू सानै उमेरवाट कम्युनिष्ट स्कुलिङमा पढेलेखेको र हुर्केको वताउदै वाचुन्जेल कम्युनिष्ट भएरै वाच्ने प्रण गरेको दावि गर्नु भयो ।

राजदूत सिफारिस गरिएकामा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्ले र जीवनप्रकाश श्रेष्ठ हनु भएको छ । काफ्लेलाई अष्ट्रिया र श्रेष्ठलाई इजिप्टका लागि सिफारिस गरिएको छ ।

यस्तै श्रीलंकाका लागि साविक विराटनगर नगरपालिकाका पूर्वमेयर प्राध्यापक रमेशचन्द्र पौडेललाई सिफारिस गरिएको छ।राजनीति शास्त्री कृष्णचन्द्र शर्मालाई दक्षिण कोरिया र सुम्‍निमा तुलाधरलाई अष्ट्रेलियाका लागि प्रस्ताव गरिएको छ ।

काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत एवम्‌ रूसी भाषा अनुवादक जंगबहादुर (जंगब) चौहानलाई रूस, पूर्वमन्त्री युवराज कार्कीलाई बहराइन, नारायणप्रसाद संग्रौलालाई बर्मा, पूर्वसांसद कुलप्रसाद नेपाललाई ब्राजिल, सुमीत्रा सुवेदीलाई डेनमार्क तथा मेराज मुसलमानलाई साउदी अरेबियाको राजदूत बनाउन परराष्ट्रले सिफारिस गरेको छ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu