Connect with us
Kapilvast Forest

कोरोना संक्रमणले पत्रकार शाहीको मृत्यु

२०७८, १ जेष्ठ शनिबारमा प्रकाशित

बाँके – कोरोना साक्रमणका कारण बाँकेमा एक जना पत्रकारको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण अवधी पत्रकार संघ जिल्ला शाखा बाँकेका सहसचिव रईस शाहीको शनिबार मृत्यु भएको छ।

लामो समयदेखि सञ्चार संस्थामा आवद्ध रहेका शाहीको शनिबार कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ निवासी ४४ वर्षीय शाहीलाई बैशाख १८ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो।

नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य समेत रहेका शाहीको ९ वर्षीया छोरी र ४ वर्षको एक छोरा छन्। संघ बाँकेका शाखा र केन्द्रीय शाखाले शाहीको निधनप्रति श्रद्धाञ्‍जलि व्यक्त गरेको छ।

बाँकेका शाखा अध्यक्ष चन्द्रेश्वर त्रिपाठी र केन्द्रीय अध्यक्ष राकेश मिश्राले एक योद्धा गुमाएको साथै शाहको निधनको खबरले संघ स्तब्ध भएको विज्ञप्तिमार्फत जनाउनु भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार शाहीको शनिबार बिहान ८ बजे मृत्यु भएको हो। लामो समयदेखि पत्रकारितामा आवद्ध रहँदै आएका शाही नेपालगञ्‍जबाट खबर नेपालगञ्‍ज डटकम अनलाईन सञ्‍चालन गर्दै आउनु भउको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu