महाराजगंजले ल्यायो २ एम्बुलेन्स, अब ४ एम्बुलेन्सले सेवा दिने
कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा एकै साथ दुई वटा एम्बुलेन्स खरिद गरेको छ ।
कोभिडको महामारीमा विरामिलाई सेवा गर्नका लागि आन्तरिक कोषाबाट एम्बुलेन्स खरिद गरेको महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो । केही महिनाअ पहिले एम्बुलेन्स खरिदको लागि अडर दिएपनी एम्बुलेन्स अभाव भएकोले आउन ढिलाई भएको थियो । महाराजगन्ज नगरपालिकाले खरिद गरेको २ वटा एम्बुलेन्स बिरगंज आइपुगेको र अब २/३ दिनमा नै नगरले आफ्नै एम्बुलेन्सबाट नगरवासीलाई सेवा दिने नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो । महाराजगन्ज नगरपालिका दुई एम्बुलेन्स पहिले देखि सन्चालनमा रहेको छ । अब महाराजगन्जमा ४ वटा एम्बुलेन्स संचालन हुने भएको छ ।