Connect with us
Kapilvast Forest

नक्कली आमा बन्‍ने प्रयास विफल

२०७६, २८ श्रावण मंगलवारमा प्रकाशित

mother

काठमाडौं। अर्काको सन्तानलाई आफूले जन्माएको कागजपत्र बनाएर बेलायत लैजाने बेलायती महिलाको प्रयास असफल भएको छ। पर्यटक प्रवेशाज्ञा ‘भिसा’ मा साउन ११ गते नेपाल आएकी बेलायती महिला डोना स्मिथ ‘राहदानी नं ५६०७९३४०२’ ले अर्काकी छोरीलाई आफूले जन्माएको जिकिर गर्दै बेलायत लैजान लागेकी थिइन्।

ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि ती शिशु स्मिथले नै जन्माएको जन्मदर्ता गरिदिएको थियो। प्रमाणपत्रमा शिशुको जन्म साउन १२ गते भएको लेखिएको छ। जन्मदर्ता प्रमाणपत्रमा ती शिशुको नाम ‘आन्ना बेला लक्ष्मी श्रेष्ठ स्मिथ’ छ।

अध्यागमन विभागको अनुसन्धानपछि गैरकानुनी ढंगले शिशुलाई बेलायत लैजाने स्मिथले गरेको प्रयास विफल भएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj