माधव नेपाललाई भेट्न बादल कोटेश्वरमा
काठमाडौं – राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उहाँको निवासमा पुग्नुभएको हो ।जेठ ६ गते उपनिर्वाचनको मिति नजिकिएका बेला थाप नेता नेपाललाई भेट्न पुग्नुभएको हो ।
राष्ट्रियसभा उपनिर्वाचनमा थापाको प्रतिस्पर्धीमा माधव नेपाल समूहका डा। खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ रहेका छन् ।
देवकोटालाई माधव नेपाल पक्ष, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन गरेका छन् ।