दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
नवलपरासी – पूर्व–पश्चिम राजमार्गको बर्दघाट–दाउन्ने सडकखण्डमा बस दुर्घटनामा चारजनाको मृत्यु भएको छ।दुर्घटनामा परी घाइते भएकाहरुलाई उद्धार गरिएका घाइतेलाई चिसापानी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेले जानकारी दिनुभयो ।
काठमाण्डौबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट खुर्सानी खोला नजिकै दुर्घटनामा परेको हो।उद्धार कार्य चलिरहेकाले बिस्तृत विवरण आउने बाँकी रहेको प्रहरी निरीक्षक वाग्लेले बताउनुभयो ।