Connect with us
Kapilvast Forest

राष्ट्रिय आविष्कार केन्द्रलाई नाजिरको एक लाख सहयोग

२०७८, ५ जेष्ठ बुधबारमा प्रकाशित

 

काठमाडौं-नायक नाजिर हुसेनले कोरोना संक्रमितलाई अक्सिजन जोहो गर्नका लागि एक लाख रुपैयाँ सहयोग गर्नु भएको छ । उहाँले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई मंगलबार एक लाख रुपैयाँ सहयोग गर्नु भएको हो । केन्द्रले कोरोना संक्रमितका लागि अक्सिजन सिलिण्डर सहयोग गरिरहेको छ ।

‘नेपाली दाजुभाई–दिदीबहिनीहरुको जिवनरक्षाका लागि उहाँहरु फिल्डमै खटिरहनुभएको छ । त्यसले मलाई छोइरहेको थियो । स्वास्थ्य स्थितिले गर्दा म आफू फिल्डमा गएर सहयोग गर्ने अवस्थामा छैन’ नाजिरले भन्नु भयो –‘त्यसैले मैले मेरो तर्फबाट जसरी सहयोग गर्न सक्थेँ, जति सक्थेँ मनदेखि त्यो सहयोग गरेको छु ।’ आफ्नो सहयोगले कसैको जीवन बचाउन मद्दत मिल्ने अपेक्षा लिएको नाजिरले बताउनु भयो ।

उहाँले अहिलेको विषम परिस्थितिमा सबैले आफ्नो तर्फबाट सकेको सहयोग गर्नुपर्ने बताउनु भयो । सहयोग आर्थिकले मात्र नभई अन्य धेरै हिसाबले पनि गर्न सकिने नाजिरको तर्क छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu