रोट्रयाक क्लव वुद्धभुमीको अध्यक्षमा खनाल
कपिलवस्तु
रोट्रयाक क्लव वुद्धभुमीको अध्यक्षमा पुुनः प्रदीप खनाल चयन भएको छ । गत वर्ष गठन भएको उक्त क्लवले वार्षिक उत्सवको अवशरमा आयोजित एक कार्यक्रममा विच उनलाई पुनः२०१९।२०को लागी नेतृत्व प्रदान गरिएको छ ।
युवाहरुको सक्रियतामा गठन भएको क्लवले सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै कार्यक्रममा वोल्ने वक्ताहरुको प्रशंसा गरेका छन । वुद्धभुमी क्यापसमा आयोजित उक्त कार्यक्रममा वुद्धभुमी नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले क्लवले सामाजिक कार्यमा प्रशंसानीय कार्य गरेको जिकिर गरे ।
कार्यक्रमा रोटरी क्लव कपिलवस्तुका पुर्व अध्यक्ष तोयानाथ गैरे, प्रकाश पौडेल लगाएतले क्लवको सफताको कामना गरेका थिए ।कार्यक्रममा क्लवलाई सहयोग गरेकाहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो ।