Connect with us
Kapilvast Forest

टोकियो ओलम्पिक छनौटका लागि नेपालले तेक्वान्दोमा सहभागिता जनाउन नपाउने

२०७८, ५ जेष्ठ बुधबारमा प्रकाशित

 

काठमाडौं-टोकियो ओलम्पिक छनौटका लागि नेपालले तेक्वान्दोमा सहभागिता जनाउन नपाउने भएको छ । जोर्डनमा हुने भनिएको छनौट प्रतियोगिताका लागि त्यहाँको सरकारले भारत र नेपाललाई रेड लिष्टमा राखेको र आफ्नो देश भन्दा बाहिर १४ दिनको क्वारेन्टिन बसेर मात्र जोर्डन प्रवेश गर्न पाउने नियम बनाएपछि नेपालले छनौटमा सहभागिता जनाउन नपाउने भएको हो ।

मे २१ र २२ मा हुने प्रतियोगिता आउने मुखैमा जोर्डन सरकारले नेपाल र भारतबाट आउने खेलाडीलाई दुई साता अर्को देशमा क्वारेन्टिन बसेर आउनुपर्ने नियम बनाएको हो ।

विश्व तेक्वान्दो महासंघले करिव दुई साता अगाडी नै यसको पत्रचार गरेको थियो । भारतमा इन्डियन प्रिमियर लिग स्थगित भएको दिन नै महासंघले नेपाल र भारतलाई तेस्रो मुलुकमा दुई साता क्वारेन्टिन बसेर मात्र जोर्डन प्रवेश पाउने भन्दै पत्राचार गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu