राष्ट्रपतिद्वारा धारा ७६ (५) को सरकार गठन आह्वान
काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (५)बमोजिम सरकार गठनका लागि आह्वान गर्नु भएको छ । भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि भोलि बेलुकासम्म आधार प्रस्तुत गर्न आह्वान गर्नु भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विश्वासको मत नदिने निर्णय गरेसँगै राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गर्नु भएको हो ।
