Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीको पनि दावी छ, म परामर्श गर्छु :राष्ट्रपति

२०७८, ७ जेष्ठ शुक्रबारमा प्रकाशित

bidya-bhandari-29.jpg

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनी पक्षबारे परामर्श गरेर मात्र प्रधानमन्त्री नियुक्तिबारे निर्णय लिने बताउनु भयो ।विपक्षी दलहरुले १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि शीतल निवास पुग्नु भएको थियो । एमालेका १२१ र जसपाका ३२ सांसद गरी आफूसँग १५३ सांसदको साथ रहेको भन्दै उनले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीको दाबी गर्नु भएको हो ।

 

लगत्तै कांग्रेस सभापति देउवाले पनि प्रधानमन्त्रीमा दाबी पेश गर्नु भएको छ । त्यो भेटमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणजी श्रेष्ठ प्रकाश, जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महेन्द्र राय यादव र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल पनि सहभागी हुनु भएको थियो ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीले पनि भर्खर दाबी प्रस्तुत गरेको सुनाउँदै भन्नु भयो , ‘म सल्लाह गर्छु, कानूनी पक्षहरु पनि हेर्छु ।’

एमाले नेता नेपालले ओलीले नेकपा एमालेका १२१ सांसदको आफूलाई समर्थन रहेको भनी गरेको दाबीमाथि प्रश्न उठाउनु भएको थियो । उहाँले संविधानको धारा ७६(५) अनुसार सांसदले आफ्नो विवेक प्रयोग गरेर हस्ताक्षर गर्न पाउने भएकाले देउवाको पक्षमा उभिएको बताएका एक नेताले जानकारी दिनु भयो ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले संवैधानिक र नैतिक रुपमा ओलीले दाबी गर्न नमिल्ने बताउनु भयो । हिजो मात्र विश्वासको मत लिने अवस्था छैन भनेर मार्गप्रशस्त गर्छु भनेका ओलीले फेरि बहुमत छ भनेर दाबी गर्नुको अर्थ नहुने उहाँले बताउनु भयो ।

जवाफमा राष्ट्रपति भण्डारीले ‘म सरसल्लाह गर्छु’ भन्नु भएको छ । भेटमा सहभागी एक नेता भन्नु भयो ‘हामीले १४९ सांसदको हस्ताक्षर बुझाएकाले त्यसलाई अस्वीकार गर्न राष्ट्रपतिलाई सजिलो छैन । तर षड्यन्त्रपूर्वक केपी ओलीलाई नै फेरि प्रधानमन्त्री नियुक्त गरियो भने अनौठो नमाने हुन्छ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu