Connect with us
Kapilvast Forest

दुवै दाबी जाली र किर्ते हुन दुवै खारेज गरी ताजा जनादेशमा जानुपर्छ :नेता थापा

२०७८, ७ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं  – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब नागरिकलाई विकल्प खाेज्ने अवसर दिनुपर्ने बताउनुभएकाे छ । प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेकाे दाबीमा आधार नभएकाे भन्दै नेता थापाले विकल्प खाेज्ने अवसर दिनुपर्ने बताउनुभएकाे हाे ।

उहाँले दुवै दाबी जाली/किर्ते भएकाे र दुवै खारेज गरी संविधानअनुसार चुनाव घाेषणा गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गर्नुभएकाे छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएकाे छ, ‘राष्ट्रपति महोदय, दुवै दाबीमा संविधानको धारा ७६ काे उपधारा (५)अनुसार ‘विश्वासको मत प्राप्त गर्ने’आधार छैन । दुवै जाली/किर्ते हुन् । दुवै खारेज गरी संविधानअनुसार चुनाव घोषणा होस् ।’

साथै नेता थापाले सङ्घीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरेकाे र लोकतन्त्रको नाममा ब्रम्हलुट गरेकाे आराेप लगाउनुभएकाे छ ।

Kamal Thapa
@KTnepal

2h

राष्ट्रपति महोदय,दुवै दावीमा संविधानको धारा ७६(५)अनुसार ‘बिश्वासको मत प्राप्तगर्ने’आधार छैन। दुवै जाली/किर्ते हुन्।दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणाहोस्।यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे,लोकतन्त्रको नाममा ब्रम्हलुट गरे।अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu