Connect with us
Kapilvast Forest

मेस्सीले सिजनको अन्तिम खेल नखेल्ने

२०७८, ८ जेष्ठ शनिबारमा प्रकाशित

एजेन्सी-स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ला लिगा अन्तर्गत सिजनको अन्तिम खेल नखेल्नुहुने भएको छ ।बार्सिलोनाले सिजनको अन्तिम खेलमा आइतबार इबरसँग खेल्नेछ ।

तर, बार्सिलोनाले मेस्सीलाई अन्तिम खेलमा आरामको मौका दिएको हो ।बार्सिलोनाले आइतबार हुने अन्तिम खेल नखेल्ने पुष्टि गरेको छ ।मेस्सी अर्को महिनाबाट सुरु हुने कोपा अमेरिकाको लागि आराम गर्ने बताइएको छ ।

कोपा अमेरिका जुन १३ बाट अर्जेन्टिनामा सुरु हुनेछ ।मेस्सी शुक्रबार टिमको प्रशिक्षणमा समेत उपस्थित हुनु भएको थिएन ।बार्सिलोना यस सिजन उपाधि होडबाट बाहिरिसकेको छ ।मेस्सीको बार्सिलोनासँगको सम्झौता समेत यस सिजनको अन्त्यसँगै सकिदैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu