Connect with us
Kapilvast Forest

कपिलवस्तुमा थप एक हप्ता निशेधाज्ञा

२०७८, ९ जेष्ठ आईतवारमा प्रकाशित

kapilvastu

कपिलवस्तु-कपिलवस्तुमा थप एक हप्ता निशेधाज्ञा थपिएको छ । आज जिल्ला कोभिड १९ संकट व्यवस्था समितिको बैठकले थप एक हप्ताका लागि निशेधाज्ञा गर्न सिफारिस गरेको हो । थप एक साता लकडाउन गर्न सिफारिस आएको जिल्ला प्रशासन कार्यालयले जनाउको छ ।

 

यसअघि कैलालीमा पहिलो चरण वैशाख २१ देखि ३१, दोस्रो चरण १ देखि बैशाख १० सम्म निशेधाज्ञा न गरिएको थियो । पछिल्लो दोस्रो पटक थप गरिएको निशेधाज्ञा यही १० गते राति १२ बजे गरिएको थियो ।आइतबार तेस्रो पटकका लागि थप गरिएको निशेधाज्ञा जेष्ठ १७ गते राति १२ बजेसम्म हुनेछ ।

 

अबको निशेधाज्ञा अहिलेको भन्दा थप कडा हुने डिसिसिएमसीले जनाएको छ । अब विहान ८ बजे देखि १० बजेसम्म बैंक तथा वित्तिय संस्था सञ्चालन गर्न पाइने छ ।यस्तै विहान ७ बजेदेखि विहान १० बजेसम्म अति अत्याश्यकिय पसल सञ्चालन हुने छन् । हाल विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन भैरहेका छन् ।

निषेधाज्ञामा अनुमति नलिने सवारी साधानलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी चक्र पाणी पान्डेयले बताउनुभयो ।हाल कपिलवस्तुमा कुल सक्रमितको संख्या १३५२ पुगेको छ, भने मृतकको संख्या १५२ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu