Connect with us
Kapilvast Forest

ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिनु असंवैधानिक मात्र नभएर अनैतिकः सभापति आचार्य

२०७८, ९ जेष्ठ आईतवारमा प्रकाशित

विनोद घिमिरे,कपिलवस्तु – सरकारले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य मान्यताको अवमूल्यन, विधि र पद्धतिको वेवास्ता र संसदीय पद्धतिको खिल्ली उडाउने काम गरेको भन्दै नेपाली कांग्रेस कपिलवस्तुले एक विज्ञप्ती जारी गरी भत्र्सना गरेको छ ।

नेपाली कांग्रेस कपिलवस्तुका सभापति सुरेन्द्रराज आचार्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिनिधि सभामा ३० दिन भित्र विश्वासको मत लिन नसक्ने भनी मन्त्री परिषदबाट निर्णय गराई राष्ट्रपतिलाई अर्काे सरकार गठनको लागी सिफारिश गर्दै सार्वजनिक रुपमै विश्वासको मत लिन नसक्ने घोषणा गरेका थिए ।

प्रधानमन्त्रीको उक्त कदमस“गै राष्ट्रपति विद्यादेवी भण्डारीले छोटो समय दिई अर्को सरकार गठनको प्रक्रिया प्रारम्भ गरिन । राष्ट्रपतिको आह्वानस“गै नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाले प्रतिनिधि सभामा तत्काल कायम रहेको सदस्य संख्याको स्पष्ट बहुमत १ सय ४९ जना सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्नुभयो ।

नेपालको संविधान बमोजिम राष्ट्रपतिद्वारा देउवालाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा वेवास्ता गरी प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल संसदमा अल्पमतमा परिसकेका र अर्को पटक वहुमत देखाउन नसक्ने स्वयं घोषणा गरी सकेका ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिने काम गरिएको आचार्यद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा नेपालको संविधानको भावना अनुसार ओली प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट व्यवस्था भएता पनि उक्त गैर संवैधानिक दावीलाई स्वीकार गरी पुनः ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने कार्य असंवैधानिक मात्र होइन अनैतिक भएको उल्लेख छ । जारी विज्ञप्तीमा राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधानलाई सार्वजनिक दस्तावेजलाई निजि सम्पत्तिका रुपमा आफु अनुकुल प्रयोग गरिएको आरोप लगाइएको छ ।

प्रधानमन्त्रीले हठात् अर्को सरकारको गठनको शिफारिस गर्ने राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, संविधान वमोजिम प्रतिनिधि देउवालाई नियुक्त गर्नु पर्नेमा सो नगरी दावी नै गर्न नमिल्ने ओलीलाई निरन्तरता दिने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य भएको विज्ञप्तीमा उल्लेख छ । राष्ट्रपति र प्रधानमन्त्रीको वदनियतपूर्ण ढंगले मिलेमतोमा षडयन्त्रपूर्वक भएका छन्

भन्ने तथ्य सवै नेपाली जनता सुतेको वेला मध्यराती मन्त्री परिषदको बैठक बसी प्रतिनिधि सभाको हत्या गरेको घटनावाट प्रमाणित भएको र राष्ट्रपति र प्रधानमन्त्रीले षडयन्त्र गरी पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त गर्न उद्दत रहेकोे नेपाली कांग्रेस कपिलवस्तुको ठहर गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा सवै किसिमका कार्यक्रममा लोकतन्त्रवादी शक्ति, राजनैतिक दल, नागरिक समाज मानवअधिकार कर्मी, पेशाकर्मी, बुद्धिजीवी, पत्रकार, उद्योग व्यवसायी लगायत सवैमा संघीय लोकलान्त्रीक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागी आह्वान गरिएको छ । संघिय लोकतान्त्रीक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक लडाई लड्ने दृढ प्रतिवद्धता गरिएको आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj