Connect with us
Kapilvast Forest

संसद् विघटनको विरोधमा रुपन्देहीमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

२०७८, ९ जेष्ठ आईतवारमा प्रकाशित

रुपन्देही- असंवैधानिक तवरबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघ रुपन्देहीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

सरकार बन्ने अवस्था हुँदाहुँदै संविधान मिचेर प्रतिनिधिसभा विघटन गरेको भन्दै आइतबार रुपन्देहीको तिलोत्तमामा नेविसंघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । संसद् विघटनको निर्णय नसच्याए थप आन्दोलन चर्काउने संघले बताएको छ ।

 

कोरोना कहरले मुलुक आक्रान्त भएको बेला सत्ताको आयु लम्ब्याउन गरिएको प्रपञ्चलाई नस्वीकार्ने नेविसंघ रुपन्देहीका पूर्वसभापति सन्तोष डिसीले बताउनु भयो ।प्रधानमन्त्री ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu