युभेन्ट्स शीर्ष ४ मा पर्न सफल
एजेन्सी – इटालियन फुटबल लिग सिरी एको समापन भएको छ । गएराति भएको खेलमा बोलोग्नालाई ४-१ गोलले पराजित गरेसँगै सिरी एको सर्वाधिक सफल टिम युभेन्ट्स संघर्षपूर्ण रुपमा शीर्ष ४ मा पर्न सफल भएको छ ।
नापोली भेरोनासँग बराबरीमा रोकिएसँगै युभेन्ट्स शीर्ष ४ मा अटाएको हो । लिग विजेता इन्टर मिलानसँगै एसी मिलान, एटलान्टा र युभेन्ट्स शीर्ष ४ मा रहे ।
यता बेनेभेन्टो, क्रोटोन र पार्मा रेलिगेसनमा परे । युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोले २९ गोल गर्दै सिजनको सर्वाधिक गोलकर्ता बने ।