Connect with us
Kapilvast Forest

संविधानमा भएका विषय नै अध्यादेशमा छन्ः महान्यायाधिवक्ता कार्यालय

२०७८, १० जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं-महान्यायाधिवक्ताको कार्यालयले नागरिकतासम्बन्धी अध्यादेशका विषयमा अनावश्यक प्रचार भएको बताएको छ । नेपालको संविधान र सर्वोच्च अदालतका आदेशहरु पालना गर्नका लागि अध्यादेश जारी भएको उल्लेख गर्दै महान्यायाधिवक्ता कार्यालयले यो विषयमा अनावश्यक प्रचार भएको बताएको हो ।

नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले नेपालको संविधानलाई कार्यान्वयन गर्न कानून नबनेका कारण अध्ययादेश जारी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो , ‘अहिले संविधान र अध्ययादेशमा के छ भन्ने थाहा नभएका र थाहा हुनेले पनि स्वार्थ केन्द्रित रुपमा गलत प्रचार गरिरहनुभएको छ । अर्को सबै नकारात्मक कुरा बोकेर हिँड्ने व्यक्तिका कारण नकारात्मक सन्देश समाजमा फैलाउने कोशिस भईरहेको छ ।’

प्रतिनिधिसभाका विभिन्न समितिमा टुङ्गो लागिसकेको विषयहरू पनि अध्यादेशमा समेटिएको गृहसचिव महेश्वर न्यौपालेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको अन्तरिम संविधान २०६३ मा केही व्यवस्था थप गरिएको उहाँको भनाइ छ । प्रतिनिधिसभा लामो समयसम्म विधेयक टुङ्गो नलागेको र नेपालमै जन्म भएका धेरै अनागरिकहरूको निवेदनको चाङ लागेकाले अध्यादेशको आवश्यकता रहेको बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu